झापाका ८६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

प्रकाशित मिति :  235 पटक हेरिएको

काठमाडौं । झापाको भद्रपुरका ८६ वर्षीय एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया