सर्लाहीको हरिपूर्वामा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिति :  250 पटक हेरिएको

काठमाडौं। सर्लाहीको हरिपूर्वामा करेन्ट लागेर बुधवार बिहान एक जनाको मृत्यु भएको छ ।

चापाकलमा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट प्रवाह हुँदा हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव रायको मृत्यु भएको हो ।

रायलाई उपचारका लागि सदरमुकाम मलङ्गवातर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको परिवारले बताएका छन् । मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् । रासस

तपाईको प्रतिक्रिया