मकवानपुर इन्द्रसरोवर पहिरोमा पुरिएको मृतकको पहिचान खुल्यो

प्रकाशित मिति :  369 पटक हेरिएको

मकवानपुर । आज बिहान मकवानपुरको इन्द्रसरोवर पहिरोमा पुरिएको मृतकको पहिचान खुलेको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं ४ का ४० वर्षीय युनिष आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आज बिहान काठमाडौबाट हेटौंडा तर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक पहिरोले पुरिएको थियो ।

तपाईको प्रतिक्रिया