२५ हजार बढी सक्रिय संक्रमितको संख्या पुगेमा पुनः लकडाउन गर्न मन्त्रालयको सिफारिस

प्रकाशित मिति :  321 पटक हेरिएको

काठमाडौं । स्वास्थ्य मन्त्रालयको २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको जानकारी दिए ।

२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लकडाउनको सिफारिस गरिएको उनले बताए । त्यसैगरी बैठकले स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना बन्द गर्न सिफारिस गर्ने निर्णय गरे उनले बताए । त्यस्तै तोकिएभन्दा बढी शूल्क लिने अस्पताललाई कारबाही गर्न पनि बैठकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया