कल्पना भुसालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  420 पटक हेरिएको

सोँचेछ प्यार ऊ मेरो कमसल दुखेर बाँचे
काँडा बनेर आयो पलपल दुखेर बाँचे

खोसेर खुसी आफै आगो बनेर पोल्यो
जो बन्छ सोचिबस्थेँ दमकल दुखेर बाँचे

मृत्यु सकिन रोज्न सम्झाउदै बसेँ मन
भन्लान कि फेरि रुँदा पागल दुखेर बाँचे

बानी परेछ दिल यो बाँच्न दुखाइ मै अब
बन्दा त जिन्दगी नै हलचल दुखेर बाँचे

तपाईको प्रतिक्रिया