हेटौंडाको होटल लिडोमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला

प्रकाशित मिति :  447 पटक हेरिएको

मकवानपुर । मकवानपुर स्थित हेटौंडाको होटल लिडोमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं १० मेनरोडमा रहेको होटल लिडोमा काठमाडौंका अन्दाजी २७ वर्षीय सुरज केसीको झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रबक्ता रानाका अनुसार मंगलबार देखि उक्त होटलमा बसेको केसिको शव बुधबार बेलुकी झुन्डिएको अवस्थामा फेला परेको थियोे ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रबक्ता रानाले बताए ।

तपाईको प्रतिक्रिया