पहिरोको कारण त्रिभुवन राजपथ अवरुद्ध

प्रकाशित मिति :  352 पटक हेरिएको

मकवानपुर । निरन्तर परेको बर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने भिमफेदी गाउँपालिका ९ झिरघारिमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

अविरल बर्षाका कारण सडक माथिबाट लेदो सहितको पहिरो खसेपछी सडक वबरुद्ध भएको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक बिकास राज तामाङले जानकारी दिए ।

निरन्तर पानी परिरहेको र पानी नरोकिए पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।

तपाईको प्रतिक्रिया