प्युठानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  338 पटक हेरिएको

प्युठान । प्युठानमा बिहिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये जिल्लाको प्युठान नगरपालिकाका १ जना, सरुमारानी गाउँपालिकाका २ जना, माण्डवी गाउँपालिकाका ५ जना र ऐरावती गाउँपालिकाका ६ जना गरि प्युठानमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

योसँगै जिल्लाभर कुल संक्रमितको संख्या ५४१ पुगेको छ भने आइसोलेसनमा बाँकी सक्रिय संक्रमितहरुको संख्या ८० रहेको छ ।

तपाईको प्रतिक्रिया