विश्वमा ३ करोड २४ लाखलाई कोरोना संक्रमण,९ लाख ८७ हजारको मृत्यु

प्रकाशित मिति :  239 पटक हेरिएको

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ३९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ३९ लाख २४ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ४८ हजार भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड २४ लाख ८ हजार ५ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ७८८ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ८७२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ७ सय २४ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ७४ लाख ९५ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६३ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७१ लाख ८५ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४४ लाख ३७ हजार ५ सय भन्दाबढी निको भएका छन् भने २ लाख ७ हजार ५ सय बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ९२ हजार ९९१ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७० हजार ७९५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२ हजार ३१७ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ भने १ लाख ३९ हजार ८३३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख २३ हजार भन्दा बढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया