मिरा बरालको गजल: भोको पेट भर्नको लागि पनि सन्तान बेचिरहेछन्

  अस्मिता स्मृति प्रकाशित मिति :  644 पटक हेरिएको

सरकार किन बुझ्दैन् युवा कुन इमान बेचिरहेछन्
धिक्कार लाग्छ मलाई देशको जवान बेचिरहेछन्

गरिबीकाे पीडा, उसलाई यति लाचार बनायाे
भाेकाे पेट भर्नको लागि पनि सन्तान बेचिरहेछन्

टेक्छन घुँडा कुहुना माग्छन बरदान ईश्वरसँग
पाएपछि केही स्वार्थका लागि बरदान बेचिरहेछन्

अति पीडा लाग्छ मलाई देशकाे समस्या देख्दा
खुलेआम काेहि आँस काेही मुस्कान बेचिरहेछन्

स्थिरताना पनि हातखुट्टा यति धेरै काँपि रहे
जब केही नपाएपछि आँसुका मुहान बेचिरहेछन्

मिरा बराल
भरतपुर चितवन

तपाईको प्रतिक्रिया