आज ८ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति?

प्रकाशित मिति :  268 पटक हेरिएको

काठमाडौं । सोमबारबाट निरन्तर ओरालो लागेको सुनको भाउ शुक्रबार ताेलामा ८ सयले बढेकाे छ ।

बिहिबार ९३ हजार १ सय रूपैयाँमा खरिद विक्रि भएको छापावाला सुन आज प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

तपाईको प्रतिक्रिया