एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद, १० लाखसम्मको जरिवाना

प्रकाशित मिति :  234 पटक हेरिएको

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्ने भएको छ। एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने कानुन ल्याउन लागेको छ।

२५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ ।

आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष र दशलाख रुपैयाँ जरिबाना हुने भएको छ। आँखा, एउटा कान जलि वा क्षति भइ काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिना भए एउटा स्तन काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुन भाग जली क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भएमा दश बर्षदेखि २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

तपाईको प्रतिक्रिया