शिरीष ढकालको गजल

प्रकाशित मिति :  1027 पटक हेरिएको

जहाँ जति गहिरो मित्रता हुन्छ ,
तब न टुटाउने धृष्टता हुन्छ ।

विस्वास अटुट कायम नभए,
त्यो सम्बन्ध जोड्नु नै मुर्खता हुन्छ ।

यौटा आगो हुँदा पानी बन्नू अर्को !
यस्तो जीवन ज्यूनु श्रेष्ठता हुन्छ ।

निस्वार्थ दिलमा राखिन्छ जस्लाई ,
त्यो प्रेममा अवस्य स्वच्छता हुन्छ ।

बहकाउमा लागि बाटो बिराए’नि ,
गल्ती स्वीकार गर्नु महानता हुन्छ ।

घृणा, द्वेष र वैर भाव नराखी ,
मानव सेवा गर्नु मानवता हुन्छ ।।

शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया