सिर्जु केसी र नबिन विश्वकर्माको आधुनिक गीत “संगै जिउनु छ” सार्वजनिक

  अस्मिता स्मृति प्रकाशित मिति :  1371 पटक हेरिएको

काठमाडौं । पछिल्लो समयमा म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाउन क्रियाशील मोडेल सिर्जु केसी र नबिन विश्वकर्मा अभिनित आधुनिक गीत “संगै जिउनु छ” आज सार्वजनिक भएको छ ।

सन्देश विश्वकर्माको शब्द तथा संगीत विश्वकर्माको स्वर रहेको उक्त भिडियो एरेन्ज बिशाल निरौलाले गर्नुभएको हो भने रेकर्डिङ उत्तम रानाले गर्नुभएको हो ।

काठमाडौं अनामनगर स्थित अलङ्कार रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको छायांकन अर्विन्द बस्नेतले गर्नु भएको छ । यसैगरी भिडियो सम्पादन तथा निर्देशन झग्गु भण्डारीले गर्नु भएको छ ।

ए वन टेलिभिजन नामक अफिसिएल यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा सिर्जु के.सी., नबिन विश्वकर्मा, अर्जुन विश्वकर्मा लगाएतको अभिनय रहेको छ ।

भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया