विश्वमाभर कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख नाघ्यो

प्रकाशित मिति :  216 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ३ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् भने ५ हजार ८०८ जनाको मृत्यु भएको छ वल्डोमिटरमा उल्लेख छ ।

हालसम्म २ करोड ४१ लाख ७१ हजार ८ सय ७७ कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये ७५ लाख ९३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६२ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित पुष्टि भएसंगै संक्रमितको संख्या ७२ लाख ४४ हजार १ सय ४४ पुगेको छ । कोरोनाका कारण२ लाख ८ हजार ४४० जनाको मृत्यु भएको छ भने ४४ लाख ८० हजार ७ सय भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५९ लाख १ हजार ५७१ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३ हजार ४१० पुगेको छ भने ४८ लाख ४६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४६ लाख ९२ हजार ५ सय ७९ मानिस संक्रमित भएका छन् भने १ लाख ४० हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ४० हजार ९ सय भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया