मकवानपुर कैलाश गाउँपालिकाको विमिरे खोलामा एक पुरुषको शव फेला

प्रकाशित मिति :  352 पटक हेरिएको

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका विमिरे खोलामा एक पुरुषको शव फेला परेको छ ।

कैलाश गाउँपालिका वडा नं ५ र १ नम्बरको सिमानामा पर्ने विमिरे खोलामा एक पुरुषको शव फेला परेको हो ।

स्थानीयले शनिबार बिहान एक पुरुष को शव देखेपछि प्रहरीलाई खबर गरेको कैलाश गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष छेकु लामाले जानकारी दिए ।

डाँडाखर्क चौकी र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोलि घटना स्थल तर्फ गइसकेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया