हेटौंडाको ज्यामिरे खोलामा एक महिलाको शव फेला

प्रकाशित मिति :  443 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडा स्थित ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं १९ अन्तर्गत पर्ने ज्यामिरे खोलामा अन्दाजी ४०/ ४५ वर्षीया एक महिलाको शव फेला परेको हो ।

प्रहरी घटना स्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया