मकवानपुरको हेटौंडाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  218 पटक हेरिएको

मकवानपुर । कोरोना संक्रमणबाट मकवानपुर हेटौंडाका थप एकजना पुरुषको मृत्यु भएको छ ।

चितवन स्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत भदौ ३ गते निमोनिया र स्वासप्रस्वासमा समस्या भइ उनी अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएका उक्त पुरुषको उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो l

तपाईको प्रतिक्रिया