कविता विश्वकर्माको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  618 पटक हेरिएको

हाँस्दै खेलेको जोबन कति बेला अन्त्य हुन्छ थाहा हुन्न
रुखो नबोल न!!कोमल मन कति बेला रुन्छ थाहा हुन्न

दुइ दिने चोला हो जीवन बाचुन्जेल त नबोलौँ भो तितो
त्यही तितो बचनले मनलाई कति बेला छुन्छ थाहा हुन्न

आँखाबाट टिलपिल आँसु छचल्किएर पोखिए पछि
जल चाहिन्न आँसुले मुहार कति बेला धुन्छ थाहा हुन्न

मनमा लाग्या कुरा साम्न्य भन नकाट कुरा पिठ पछाडि
भित्ताको नि कान हुन्छरे बाबै कति बेला सुन्छ थाहा हुन्न

आखिर कति जाल बुन्छौ हो पापले भरिएको मन भित्रै
यो मनलाई नछक्काउ जाल कति बेला बुन्छ थाहा हुन्न

जालझेल धेरै गर्यौ भने त्यही जालोमा फसि बस्नुपर्ला
यो मनलाई चानचुने नसोच कति बेला थुन्छ थाहा हुन्न

कविता विश्वकर्मा
काभ्रेपलाञ्चोक पाँचखाल-१
हाल काठमाडौं

तपाईको प्रतिक्रिया