तेजेन्द्र बि.एम. र बिमला सानुको आवाजमा दिपक जि. एम. को “दुखी निधारमा” आज सार्वजनिक (भिडियोसहित)

  अस्मिता स्मृति प्रकाशित मिति :  2015 पटक हेरिएको

काठमाडौं । तेजेन्द्र बि.एम. र बिमला सानुको आवाजमा दिपक जि. एम. को दशैं गीत “दुखी निधारमा” आज सार्वजनिक भएको छ ।

आर्थिक समस्याका कारण वर्तमान अवस्थामा देशका युवाहरूले वैदेशिक रोजगारी अपनाउनुपर्ने बाध्यात्मक परिस्थिति र पारिवारिक अवस्थाको यथार्थ चित्रण गर्दै तयार पारिएको उक्त गीत प्युठानमा सुटिङ गरिएको हो ।

दिपक जि.एम.को लय तथा शब्द रहेको उक्त गीतको निर्देशन तथा छायांकन विशाल बैरागीले गर्नु भएको छ ।

सम्शेर के.एम.को कन्सेप्टमा तयार पारिएको उक्त गीतमा अभिनय पनि सम्शेर के.एम. र संगीता भण्डारीको रहेको छ भने बाल कलाकारको अभिनय सन्ध्या श्रेपालले गर्नुभएको छ ।
भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया