नेपालमा थप १,५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

प्रकाशित मिति :  269 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६ सय ३३, भक्तपुरमा ७२ र ललितपुरमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ पुरुष र एक महिला गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । पीसीआर विधिबाट १० हजार १२३ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६ हजार २ सय ८१ जना रहेका छन् । आइसोलेसनमा १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप ८ सय ८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया