मकवानपुरमा सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु

प्रकाशित मिति :  412 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा सामरी खोलाले बगाउँदा दम्पतिको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका ६ स्थित आज बिहान करिब ११ बजे सामरी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृत्युु हुनेहरूमा मकवानपुरगढी गाउँपालिका वडा नं ६ का ६५ बर्षिय ज्ञान बहादुर परियार र उनको श्रीमति ६१ बर्षिया तुलसा परियार रहेका छन् ।

उनीहरुको शव करिब १ किलोमीटर तल भेटिएको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया