हेटौंडाको साबुन उद्योगमा आगलागी

प्रकाशित मिति :  302 पटक हेरिएको

काठमाडौं । हेटौंडाको एक साबुन उद्योगमा आगलागी भएको छ ।

आज बिहान ७ बजेतिर हेटौंडा उपमहानगरपालिका ८ स्थित हेटौंडा औधोगिक क्षेत्रमा रहेको महाशक्ति शप ९साबुन० उद्योगको काटुन गोदाममा करेन्ट सट भई आगलागी भएको हो ।

नेपाल प्रहरी , ससस्त्र प्रहरी र २ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

आगोलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री नष्ट भएको छ । आगोलागीबाट ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया