प्युठानमा बाटो खन्दा खसेको पहिरोमा परी डोजर चालकको मृत्यु

प्रकाशित मिति :  276 पटक हेरिएको

प्युठान । प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी डोजर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका – १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो ।

सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीबाट हाम फालेका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया