मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

प्रकाशित मिति :  257 पटक हेरिएको

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ७ न्यूरेनिमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बस्ने बकैया गाउँपालिका वडा नं ५ राजदमारका ३१ बर्षिय इन्द्रबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मंगलबार दिउँसो हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रोकि राखेको ना ६ ख ६७५३ नम्बरको टिपर संग ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते मोटरसाइकल चालक सोही स्थानका जुत्ते घलानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया