रूपन्देहीमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  211 पटक हेरिएको

काठमाडौं । रूपन्देहीमा मंगलबार ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार २० जना महिला र ४८ जना पुरुष गरि ६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

बुटवल उपमहानगरपालिका सबैभन्दा धेरै‌मा कोरोना संक्रमण पुष्टि भएको छ  । बुटवलमा १५ महिला र ३० पुरुष गरी ४५ जनालाई संक्रमण देखिएको छ ।

योसँगै रूपन्देहीमा हालसम्म संक्रमितको संख्या २ हजार ५ सय ६४ पुगेको छ । जसमध्ये २३ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ९०४ जना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबार सक्रिय संक्रमित ६३७ जना रहेको छन् ।

तपाईको प्रतिक्रिया