मकवानपुरमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  258 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा बुधबार बिहान २०४ जनाको आएको रिपोर्टमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा २० जना पुरुष र १४ जना महिला गरि जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया