आजको मौसम: आंशिक बदलिसहित देशका केही स्थानमा हल्का वर्षाको संभावना

प्रकाशित मिति :  233 पटक हेरिएको

काठमाडौं । हाल बंगालको खाडीमा न्यूनचापीय क्षेत्र रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बुधवार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै बुधवार राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

बुधवार काठमाडौंको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया