शिरीष ढकालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  481 पटक हेरिएको

छलकपट कति गर्छौ जनता झुक्याएर ?
आफ्नै मात्र भुँडी भर्छौ जनता झुक्याएर ।

समृद्धिका मिठा सपना बाँड्दै चुनावमा ,
भोट लिन पाउ पर्छौ जनता झुक्याएर ।

हाम्रो सत्ता आएपछि मार्छ देशले फड्को ,
भन्दै कति भ्रम छर्छौ जनता झुक्याएर ?

समानताको नारासंगै भाषण चर्को दिँदै ,
झुप्रोबाट महल सर्छौ जनता झुक्याएर ।

मझधारमा पर्छौ पक्कै यति ख्याल राख्नू !
लौरो बिर्सी खोला तर्छौ जनता झुक्याएर ।।

शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया