कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  327 पटक हेरिएको

काठमाडौं । मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए ।

उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो। कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरी कुल ६८ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया