आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादको पहिलो जीत

प्रकाशित मिति :  823 पटक हेरिएको

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जीत निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जीत निकालेको हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि शिखर धवनले ३४, ऋषब पन्तले ३२, सिम्रन हिटमायरले २१ र कप्तान श्रेयस आयरले १७ रन बनाउदा कागिसो राबाडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान डेभिड वार्नरले ४५ रन र केन विलियम्सनले ४१ रन बनाए ।

अब्दुल समाद १२ रनमा अविजित रहे । दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २÷२ विकेट हात पारे । जितसँगै हैदराबादले ३ खेलबाट २ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको हैदरावादले दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटको हार भोगेको थियो ।

तपाईको प्रतिक्रिया