विश्वमा ३ करोड ३८ लाख कोरोना संक्रमित,भारतमा संक्रमितको संख्या ६२ लाख बढी

प्रकाशित मिति :  219 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख १२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख १२ हजार ६ सय ५७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ८७ हजार संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख ४१ हजार ७ सय २९ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ५१ लाख ४५ हजार २ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७६ लाख ८४ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७४ लाख ६ हजार नाघेको छ । यस्तै, २ लाख १० हजार ७ सय बढीको मृत्यु भएको छ भने ४६ लाख ४८ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ६२ लाख २३ हजार ५ सय १९ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार ५ सय २९ पुगेको छ । संक्रमितमध्ये ५१ लाख ८४ हजार ६ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४७ लाख ८० हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४३ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४१ लाख ३५ हजार भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया