मकवानपुरमा ट्याक्टरमा माइक्रोबस ठोक्किँदा नौजना घाइते

प्रकाशित मिति :  208 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ट्याक्टरमट माइक्रोबस ठोक्किँदा नौजना घाइते भएका छन् ।

मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ त ७७०० नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको ना १ ज ८६८५ नम्बरको माइक्रोबस ठोक्किँदा नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते हुनेहरूमा ट्याक्टर चालक हेटौंडा ११ का गणेश गिरी, ट्याक्टरका सह चालक हेटौंडा ११ का राकेश प्रजा , माइक्रोबसमा रहेका पर्सा बिरगंज महानग रपालिकाका दया सागर शाह, लमजुङ राइनो नगरपालिकाका राजेन्द्र गुरुङ , उनको श्रीमती रिना गुरुङ , उनकी २७ महिने छोरी कृष्टिना गुरुङ , मकवानपुर बागमती गाउँपालिकाका कृष्ण बहादुर थिङ हेटौंडा ४ कि गिता सुवेदी र मनहरी गाउँपालिकाका राजकुमार प्रजा रहेका छन् ।

घाइतेहरुको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेकोे प्रहरीले जनाइएको छ l

तपाईको प्रतिक्रिया