बीपीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

प्रकाशित मिति :  489 पटक हेरिएको

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । छ । कुनै दीर्घरोग नभएका उनलाई निमोनिया भएको थियो । बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो । उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताउनुभयो । यससँगै बीपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ । रासस

तपाईको प्रतिक्रिया