निराजन लुइटेलको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  487 पटक हेरिएको

घुस दिनेले घुस खानेको नशा बुझ्दैन
दुध खानेले तिनपानेको नशा बुझ्दैन

मेरो जवानी यो बोतलको ढकन जस्तै छ
कस्ले थिचेको कस्ले तानेको नशा बुझ्दैन

औकात देख्ने आखालाई मन नदेखाउ
अँह ! ओछ्यानले सिरानेको नशा बुझ्दैन

जिब्रोले नचाखेसम्म सुस्त बस्ने ग्रन्थीले
पर्खाई कस्तो हुन्छ नजानेको नशा बुझ्दैन

पिउन त अलिकति पिएर आएको छु
तर झट्का कहाँकहाँ हानेको नशा बुझ्दैन

निराजन लुइटेल
मोरङ् ,नेपाल ।

तपाईको प्रतिक्रिया