नेपालमा थप १ हजार ९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज

प्रकाशित मिति :  274 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ८१७, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । पीसीआर विधिबाट थप १२,४४४ जनाको नमूना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ५,०७७ जना रहेका छन् । आइसोलेसनमा २१,८३० जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५७,३८९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२० र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया