चार्जमा लगाएको मोबाइल चलाउदा करेन्ट लागेर एक पुरुषको मृत्यु

प्रकाशित मिति :  235 पटक हेरिएको

प्युठान । करेन्ट लागेर रोल्पाका एक पुरुषको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं १ घोडागाउँका ४० वर्षिय भरत नेपालीको मृत्यु भएको हो ।

मोबाईलमा चार्ज लगाएर चलचित्र हेर्ने क्रममा करेन्ट लागेका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रि प्युठानमा ल्याईएको थियो ।

अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिग्री प्युठानका बुद्धि रानाले बताए ।

मृतक नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा पोष्टमार्टम गरिदै छ।

तपाईको प्रतिक्रिया