स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जीत

प्रकाशित मिति :  301 पटक हेरिएको

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जीत हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोलले हराएको हो ।

खेलको ११ औं मिनेटमा फिलिपे कौटिन्होको पासलाई सदुपयोग गर्दै युवा स्ट्राइकर अंशु फातीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

१७ वर्षीय फातीले ला लिगाको जारी सिजनका २ खेलमा ३ गोल गरिसकेका छन् । खेलको ४२ औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ५२ औं मिनेटमा लुकास ओलजाको आत्मघाति गोल गरेपछि बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जीत दिलाए । लिगको पहिलो खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–० ले हराएको थियो ।

बार्सिलोनाले लिगमा २ खेलबाट ६ अंक जोडेको छ भने सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया