रुपन्देहीमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  220 पटक हेरिएको

काठमाडौं । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया