मकवानपुरमा २ सय २९ किलो अबैध लागू औषध गाँजा बरामद

प्रकाशित मिति :  432 पटक हेरिएको

मकवानपुर । मकवानपुरबाट आज २ सय २९ किलो अबैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ९ ढुङ्गेन नजिक भित्री बाटोको छेउ खोल्सामा लुकाई राखेको अवस्थामा ९ बोरामा २ सय २९ किलो अबैध लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उक्त अबैध लागू औषध गाँजामा संलग्नहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया