बुटवलमा २१ गतेसम्म निषेधित क्षेत्र घोषणा, पाँचजना भन्दा बढी भेला हुन नपाइने

प्रकाशित मिति :  247 पटक हेरिएको

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको बुटवलमा विरोधमा प्रदर्शन हुन थालेपछि रूपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । र्‍याली र दबाबमूलक कार्यक्रमको आयोजना यस क्षेत्रका संघसंस्थाले गरेपछि प्रशासनले पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले प्रदेशसभा रहेको क्षेत्रमा दक्षिणमा इँट्टाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँट्टाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइनेछैन ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेलागर्न पाइनेछैन ।

तपाईको प्रतिक्रिया