लायन्स/लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स र कोटेश्वर व्यवसायी संघद्वारा बृहत रक्तदान

  अस्मिता स्मृति प्रकाशित मिति :  444 पटक हेरिएको

काठमाडौ। लायन्स तथा लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स , कोटेश्वर व्यवसायी संघ, लायन्स क्लव अफ युनाइटेड हार्मोनीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। शनिवार काठमाडाैंकाे काेटेश्वरमा लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १ को समन्वय र प्रस्परस वचत तथा ऋण सहकारी संस्थाको विशेष सहकार्यमा साे कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल , विषेश अतिथिको रुपमा एरिया नम्बर १ का एरिया चिफ लायन अमर ज्योती रन्जित र लायन्स क्लवका विभिन्न पदाधिकारीको उपस्थिती रहेकाे थियो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोबीड १९ ) को विषम परिस्थितिको बाबजुद पनि हाल ब्लड बैंकमा रगतको अभाव भएको हुँदा उक्त जटिल परिस्थितिको समाधानका लागि लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सले विभन्न सामाजिक संस्थाहरुसँग संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे । क्लवका सहकाेषाध्यक्ष लायन दिप्रश शाक्यको संयोजकत्वमा भएको उक्त कार्यक्रममा कोटेश्वर व्यवसायी संघको तर्फबाट गोरख बहादुर थापाले संयोजन गरेका थिए ।

कार्यक्रममा जोन चेयर पर्शन एमजेएफ लायन अनिल कुमार बराल , डिष्ट्रीक डिपार्टमेन्ट चिफ लायन यदुराज लामिछाने (आशिष्), रिजन चेयर पर्शन लायन ज्योती केसी , डिष्ट्रीक डिपार्टमेन्ट चिफ ( ब्लड डोनेशन ) द्वारिका तिमल्सिना , लायन श्याम कृष्ण दाहाल , लायन प्रकाश पिया , एरिया सेक्रेटरी लायन सरोजनी पिया, लायन वेदनाथ ढकाल, लायन कृष्ण प्रसाद पौडेल , सेक्रेटरी लायन सुरेश धमला, लायन बृजेश थापा, लायन भगवती घिमिरे , लायन अशोक घिमिरे , लायन पवन कुमार मैनाली, लायन एकराज शिवाकोटी , लायन अर्जुन थापा, लायन बिष्णु ठकुरी तथा लियो अध्यक्ष स्मृती कुँवर, लियो दीपा दाहाल , लियो अर्जुन शमशेर कुँवर लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहेको थियाे। उक्त कार्यक्रममा ६२ जनाले रक्तदान दिएका थिए भने १०३ जनाले नाम दर्ता गराएका थिए ।

कार्यक्रम सके सम्म व्यवस्थित गर्नका लागि आयोजकले भौतिक दुरी कायम राख्न ,सहयोगी मार्फत सबै कुरा व्यवस्थित गर्न निरन्तर लागि परेको र सबैको सहयोग र सद्भावले कार्यक्रम सफल भएकोमा कृतज्ञ भएको कुरा लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसका अध्यक्ष लायन दिपक थापाले जानकारी दिए। उनका अनुसार सबैको प्रेरणाले नै कार्यक्रम गर्न सम्भव भएको र टिमले गरेको कार्य सम्पादनले यो सबै कुरा पूरा भएको बताए। उनले लायनवादको महत्वपूर्ण यात्रामा सधैं सार्थक प्रयास गर्ने जमर्को गरिरहने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया