मकवानपुरमा सुमो दुर्घटना हुदा दुईजनाको मृत्यु, छजना घाइते

प्रकाशित मिति :  227 पटक हेरिएको

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार, मृतकको हाल सनाखत हुन सकेको छैन । दुर्घटनामा परी सुमो चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य उपचार केन्द्र भीमफेदीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया