गुल्मीको इस्मामा छोराद्वारा बाबुको हत्या

प्रकाशित मिति :  263 पटक हेरिएको

काठमाडौं । गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो ।

मरणासन्न अवस्थामा रहेका उनलालाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया