बेवारिसे अवस्थामा जंगलमा बच्चा फेला: सल्यान

प्रकाशित मिति :  640 पटक हेरिएको

काठमाडौं । सल्यानमा अन्दाजी एक वर्षको बच्चा जंगलमा फेला परेका छन् ।

जिल्लाको खलंगा श्रीनगर सडकखण्ड अन्र्तगत शारदा नगरपालिका २ माझी पौवाको छहरा नजिक जंगलमा सोमबार बिहान बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मर्निङवाकमा गएका स्थानीयहरुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । बालकलाई रातिनै जंगलमा छाडेको हुनसक्ने उनको भनाई छ ।
बालकलाई अहिले सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख थापाले बताए ।

तपाईको प्रतिक्रिया