भावना लामिछानेको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  538 पटक हेरिएको

मान्छे भएर किन यो ,दानव विचार हुन्छ?
इज्जत लुटेर जहिले,लुट्ने फरार हुन्छ

कानुन बनेर के भो?,बिक्ने भएछ बलमा
यस्तै परेर जहिले, जनता अजार हुन्छ

उसले फुकाइ बाधा, बाँच्दैछ आज कसरी?
पीडा सुनेर हाँसो, अन्तै सवार हुन्छ

स्वार्थी रहेछ दुनियाँ, चेतन हराउदैछन्
मालिक बनेर बाँच्नै ,सबलाई हतार हुन्छ

भो फौज धेर स्वाँगी ,पुग्नुछ त्यँहा मलामी
मुर्दा चिहान बुझ्नै , खै को तयार हुन्छ?

सोचे भलो सबैको,मनमै खुशी छ जिउँदो
अरु खुशी नचाहे,दिलनै बिमार हुन्छ

मन हेर्नु , तन नहेरी ,पिरती अथाह गर्नु
तन सर्त ,धन बिनाकै माया अपार हुन्छ

भावना लामिछाने
(मुजारे मुसम्मन अखरब)

तपाईको प्रतिक्रिया