प्रदीप रोदनको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  610 पटक हेरिएको

हामी छौँ अझै कुना कन्दरामा सुन्दर गाउँ छ।
नत्र त तेरो शहरले मानवता कहाँ बचाउँछ।

आफ्नो अवस्था अनुरुप चल्छ माया आगो हो,
बाँचे चुल्हो जलाउँछ मरे चिता जलाउँछ।

छातीमा पीडा बस्यो र आँखामा आँसु बस्यो,
किन उठ्दैनौँ के अझै तिमी बस्ने ठाउँ छ?

हामी मन उडाउँछौं त्यसैले हामी दुखी छौं ठूली,
बच्चा खुशी छ आँगनमा बसेको चरा उडाउँछ।

प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया