मकवानपुरमा १० किलो अवैध लागु औषध गाँजासहित तीनजना पक्राउ

प्रकाशित मिति :  437 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा १० किलो अवैध लागु औषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लेवट प्रहरी चौकिबाट प्रहरी सहायक  निरीक्षक रुपक थापाको टोलिले हेटौंडा ३ लेवट नजिक प्रदेश – ३-०३-००१ ज ००१२ नम्बरको म्याजिकबाट १० किलो २८८ ग्राम अवैध लागु औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

म्याजिक चेकजाँचका क्रममा हेटौंडा १९ बस्ने ४६ वर्षीय वीर बहादुर घलान , मनहरी ५ कि ४० वर्षीया सृजना तामाङ र कैलाश १० का २४ वर्षीय प्रकाश तामाङलाई गाँजासहित पक्राउ गरिएको प्रबक्ता रानाले बताए ।
उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया