काठमाडौंमा ७८३ सहित थप १,५५१ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  206 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको बताए ।

काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेको

मंगलबार थप २३४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६७,५४२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा पाँच पुरुष र चार महिला गरी थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

पीसीआर विधिबाट थप ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,२२१ जना रहेका छन् । आइसोलेसनमा २२,७०९ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा २४३ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया