मकवानपुरमा लागु औषध नाइट्रोभेटसहित दुईजना पक्राउ

प्रकाशित मिति :  291 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा लागु औषध नाइट्रोभेट सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भैँसे प्रहरी चौकिबाट प्रहरी नायब निरीक्षक कुल बहादुर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलिले हेटौंडाबाट काठमाडौ तर्फ जाँदै गरेको बा ९६ प ३२८५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा ८७० ट्याबलेट लागु औषध नाइट्रोभेट सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा प्युठान मल्लरानी गाउँपालिका ३ घर भइ हाल काठमाडौ बालाजु शान्ति टोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र कालिकोट घोचायबाडा गाउँपालिका ३ घर भइ हाल काठमाडौ ३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको प्रबक्ता रानाले बताए ।
उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया